टेलिकममा सेवा विस्तार र गुणस्तर सुधारको वर्ष

बिहीवार, भाद्र २३, २०७३ साल,
काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्षलाई सेवा विस्तार र गुणस्तर सुधारको वर्ष घोषणा गरेको छ ।

ग्राहकबाट अत्याधिक गुनासो आएपछि गुणस्तर सुधारमा ध्यान दिदै सेवा विस्तारको लागि ६७ अर्ब २८ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । दुर संचार सेवामा बढीरहेको प्रतिस्पर्धा र प्रविधिमा आएको विकासलाई ग्राहकले अनुभव गर्ने गरी सञ्चालक समितिबाट कार्यक्रम स्विकृत भएका छन् ।

कम्पनीले चालू आवमा २५ लाख ५० हजार मोबाइल लाईन विस्तार गर्ने लक्ष्य लिएको छ । यसको लागि हाल चालु रहेका १ करोड लाईन क्षमताको जिएसएम तथा २० लाख क्षमताको सीडीएमए र डाटा सेवा लक्षित गरि वाइम्याक्स परियोजनालाई प्राथमिकतामा राखेको छ ।

डाटा सेवाको माग बढीरहेको बेला हाल चालू आयोजनाबाट थ्रीजी, ईभिडियो र वाईम्याक्स मार्फत गुणस्तरिय इन्टरनेट विस्तार गर्नेछ । आजको कारोबारबाट ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411