यूटीएलले अब जीएसएम मोबाइल पनि संचालन गर्ने

मंगलवार, भाद्र २१, २०७३ साल,
काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले जीएमएस मोबाइल सहितको दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमति पाएको छ ।

डेढ दशकअघि लिमिटेड मोबिलिटीको लाइसेन्स पाएको भारतीय लगानीको कम्पनी यूटीएल जीएसएम मोबाइल सेवा सञ्चालनको लाइसेन्स पाउने चौथो कम्पनी भएको छ । यसअघि नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले यो सेवा सञ्चालनका लागि अनुमतति पाइसकेका छन् ।

आधारभूत टेलिफोन सेवाको लाइसेन्स लिने कम्पनीले जीएसएम प्रविधिको मोवाइल, सीडीएमए, एडीएसएल लगायतका सबै प्रकारका सेवा सञ्चालन गर्न पाउने व्यवस्था छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सोमबार आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिइएको जानकारी दिँदै यसले मोबाइल सेवामा प्रतिस्पर्धा बढ्ने बताए । ‘निजी क्षेत्रबाट सञ्चालित कम्पनीका लागि प्रतिश्पर्धी चाहिएको थियो, अब यो अपेक्षा युटिएलबाट गरिएको छ,’ उनले भने,‘यसअघि आधारभूत टेलिफोनको सेवा पाएको स्मार्ट टेलिकमले आक्रामक रूपमा बजार विस्तार गर्न नसक्दा दूरसञ्चार सेवा प्रतिश्पर्धि छैन ।’ आजको कारोबार दैनिकबाट ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411