अपि पावरले ११३ मेगावाटका आयोजना अघि बढाउँदै

शनिबार, भाद्र १८, २०७३ साल,
काठमाडौं । अपि पावर कम्पनीले १ सय १३ मेगावाटका तीन जलविद्युत आयोजना अघि बढाउने भएको छ।
 
शनिबार थापाथलीस्थित ट्रेड टावरमा सम्पन्न कम्पनीको १३ औ साधारणसभामा यस्तो जानकारी दिइएको हो। कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेको अध्यक्षतामा भएको साधारणसभामा कम्पनीमार्फत ७५ मेगावाटको त्रिशुली गल्छी, ४० मेगावाटको अपर चमेलिया र ८ मेगावाटको अपर नौगड गाढ जलविद्युत आयोजना अघि बढाउन लागिएको जानकारी दिइयो।
 
अपर नौगड छिट्टै निर्माण सुरु गरेर १५ महिनाभित्र पुरा गर्ने लक्ष्य राखिएको छ भने त्रिशुली गल्छी आगामी कार्तिकदेखि निर्माण सुरु गरेर ४ बर्षभित्र पुरा गर्ने लक्ष्य राखिएको छ।
 
 त्यसैगरी अपरगड सम्पन्न गरेपछि अपर चमेलिया आयोजना निर्माण गर्ने लक्ष्य राखिएको बताइयो। सभामा कम्पनीले सौर्य उर्जामा समेत लगानी गर्न लागेको जानकारी दिएको छ।

साधारणसभाले कम्पनीको बार्षिक आय व्यय विवरण पारित गर्दै शेयर धनीहरुलाई ५ प्रतिशत बोनस शेयर उपलब्ध गराउने निर्णय भएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411