राष्ट्र बैंकले पाँच अर्बको निक्षेप उठाउदैं, प्रणालीमा तरलता बढ्यो

बिहीवार, फागुन २८, २०७१ साल,
काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुसँग फेरि पाँच अर्ब रुपैयाँको निक्षेप खरीद गरेको छ । केन्द्रीय बैंकले शुक्रबार यसको बोलकवोल गर्दै छ । 

राष्ट्र बैंकले कम्तिमा एउटा संस्थाको पाँच करोडको निक्षेप खरीद गर्ने छ । जसले सस्तो ब्याजमा निक्षेप उपलब्ध गराउँछ त्यो बैंकले प्राथमिकता पाउने छ ।
 
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ बराबरको निक्षेप खरीद गर्न लागेको हो । 
 
राष्ट्र बैंकले नवौं पटक निक्षेप खरीद गर्न लागेको हो । राष्ट्र बैंकले यसअघि तीन लटमा सात पटक गरी ६५ अर्ब निक्षेप खरीद गरेको थियो । खरीद गरिएको निक्षेप तीन महिनामा परिपक्क हुन्छ ।
 
यसअघि पहिलो लटमा तीन पटक ४० अर्ब, दोस्रो लटमा पाँच अर्बका दरले तीन पटक (१५ अर्ब) र तेस्रो लटमा पहिलो पटक १० अर्बको निक्षेप खरीद गरेको थियो । अहिले फेरि तेस्रो लटको दोस्रो पटक निक्षेप खरीद गर्न लागिएको हो । 
 
यस पटक किन्न लागेको निक्षेपमा बैंकहरुको वोलकवोलको अवस्था र समग्र तरलतालाई ध्यान दिएर फेरि अर्को पटक कदम चाल्ने जनाएको छ । सरकारी ऋणपत्र तथा निक्षेपको ब्याज कम भएकै कारण बैंकहरुले सर्वसाधारणसँग कर्जामा लिने र निक्षेपमा दिने ब्याज दर घटाएका छन् ।
 
राष्ट्र बैंकले चालु बर्षको मौद्रिक नीतिमार्फत निक्षेप खरीद गर्ने मौद्रिक औजार प्रयोगमा ल्याएको हो । गत भदौ ३ गते पहिलो पटक निक्षेप खरीद गरिएको थियो ।  

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411