​ग्रान्ड बैंकको पुँजी कोष अनुपात ९.२ प्रतिशत पुग्यो

बुद्धबार, फागुन २७, २०७१ साल,
काठमाडौं । ग्रान्ड बैंक नेपालले पुँजी कोष अनुपात ९.२ प्रतिशत पुर्याएको छ । बैंकले पुस मसान्तमा प्रकाशित गरेको पुँजी कोष अनुपातभन्दा यो १.४४ प्रतिशत बिन्दुले बढी हो ।
 
‘पुस मसान्तसम्म हाम्रो पुँजी कोष अनुपात ७.७६ प्रतिशत थियो, अहिले यो बढेर ९.२ प्रतिशतभन्दा वढी पुगेको छ,’ बैंकका कामु प्रमुख कार्यकारी अधिकृत राजेन्द्र श्रेष्ठले भने, ‘योबीचमा केही खराव कर्जाहरु उठेका कारण बैंकको पुँजी कोष बढेको हो ।’
 
बैंकले चैत मसान्तसम्म पुँजी कोष अनुपात १० प्रतिशत माथि पुग्ने जनाएको छ । ‘केही ऋणहरु उठ्ने प्रकृयामा छन्, केही लिलाल बिक्रीको प्रकृयाहरु पनि सुरु हुँदैछ,’ उनले भने, ‘कर्जा राफसाफ हुने गरी लिलामीमा वोलकवोल पर्यो भने चैतमै पुँजी कोष १० प्रतिशत पुग्छ ।’
 
बैंकले पुँजी कोष अनुपात नौं प्रतिशत पुगिसकेकाले शिघ्र सुधारात्मक कारवाही ९पिसिए० हटाउन राष्ट्र बैंकलाई लिखित आग्रह गर्ने जनाएको छ । ‘आज बस्ने हाम्रो सञ्चालक समितिले पिसिए हटाउनका लागि राष्ट्र बैंकमा निवेदन दिने निर्णय गर्ने वित्तिकै हामी लिखित आग्रह गर्ने छौं,’ श्रेष्ठले भने । 
 
उनले ग्रान्ड प्रभु बैंकसँग एक्विजिसनमा जाने सम्झौता भइसकेकाले दुबैको पहलबाट कर्जा उठाउन थप सजिलो हुने बताए । ‘एक्विजिसनपछि नयाँ खालको सिनर्जी आउँछ,’ उनले भने, ‘त्यसबाट खराव कर्जा उठाउन थप सजिलो हुन्छ ।’ दुई अर्ब चुक्ता पुँजी रहेको बैंक गत बर्ष नोक्शानीसँगै पुँजी कोष अनुपात साढे दुई प्रतिशतसम्म झरेपछि राष्ट्र बैंकले पिसिए लगाएको थियो ।
 
बैंकको वित्तीय अवस्था खस्किएपछि प्रभु बैंकसँग एक्विजिसन गर्ने औपचारिक निर्णय भइसकेको छ । बैंकले विशेष साधारणसभाबाट पनि यसलाई अनुमोदन गराएको छ । बैंकको विशेष साधारणसभाले हकप्रद सेयर निस्कासन गर्ने विकल्प पनि खुला राखेको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411