अब २ सय रुपैयाँमा ४ सय मिनेट एनसेलमा कुरा गर्न सकिने

आईतवार, श्रावन १६, २०७३ साल,
काठमाडौं । एनसेलले आफ्ना प्रिपेड ग्राहकहरुका लागि ‘मासिकभ्वाईस प्याक’ ल्याएको छ । जसअन्तर्गत ग्राहकले सुलभ शुल्कमा भ्वाईस सेवा लिन सक्छन् ।

यो योजनाअन्र्तगत ग्राहकले कर सहितमात्र २०० रुपैयाँमा ४०० मिनेट अननेट टक टाइम खरिद गर्न सक्छन् । अर्थात्, यो प्याकअन्र्तगतग्राहकले कर सहितमात्र ५० पैसा प्रतिमिनेटको दरमा कुनै पनि अर्को एनसेल नम्बरमा कलगर्न सक्छन् ।

मासिक भ्वाइस प्याक यहि सोमबार (साउन १७, २०७३) देखि स्थायी सेवाको रुपमा लागु हुनेछ । एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी प्राप्तजानकरी अनुसार पाँचौ विकल्प रोजेर यो प्याक सुचारु गरीलाभलिन सक्छन् ।

आईभिआर मार्फत यो सेवा सुचारु गर्नका लागि १७११८ डायल गरी प्राप्त जानकारी बमोजिम अंक ५ प्रेस गर्नुपर्ने हुन्छ । ग्राहकले २०० टाइप गरी १७११८ माएसएमएस पठाएर पनि यो सेवा सुचारु गर्न सक्छन् ।

“प्रिपेड ग्राहकका लागि प्रतिमिनेट ५० पैसामा कुरा गर्न सकिने यो मासिक भ्वाईस प्याक ल्याउन पाउँदा निकै हषिर्त छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने, “सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्घताअनुरुप यो प्याक ल्याइएको होे ।”

ग्राहकले आफ्नो आवश्यकताअनुसार जति पटक पनि यो प्याक लिन सक्छन् । यो प्याक सुचारु भएको दिनबाट ३० दिनको लागि मान्य हुनेछ । प्याकमा उल्लेख गरिएको टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुने कम्पनीले जनाएको छ । विद्यमान शुल्कअनुसार एनसेल नेटवर्क भित्रकलगर्दा कर सहित २.५० रूपैयाँ प्रतिमिनेट शुल्क लाग्नेछ ।

यो प्याक भिएफटी र एनसेल मोबाइल एपबाट पनि खरिद गर्न सकिन्छ । सुलभ दरमा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिवद्धता बमोजिम एनसेलले दैनिक भ्वाईस प्याक, साप्ताहिक भ्वाईस प्याक, डेली नाईट भ्वाईस प्याक र डे भ्वाईस प्याक पनिग्राहकलाई प्रदान गर्दै आएको छ

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411