अमेरिकाबाट फर्केपछि ‘ठमेल डटकम परीक्षणको सिर्जना हो’

शुक्रबार, आषाढ २४, २०७३ साल,
काठमाडौँ । संयुक्त राज्य अमेरिकाबाट स्वदेश फर्केपछि परीक्षणका रुपमा सुरु गरेको ‘ठमेल डटकम’ले छोटो समयमा यति धेरै सफलता प्राप्त गर्नेमा बालकृष्ण जोशीलाई विश्वास थिएन । 
 
विश्वमा इन्टरनेटको बढ्दो प्रयोगसँगै नेपालमा पनि यसको सम्भावना छ कि भनेर सन् २००१ मा परीक्षणका रुपमा सुरु गरिएको ठमेल डटकम आज मुलुकबाहिर बसेका नेपालीलाई विश्वको जुनसुकै कुनाबाट स्वदेशमा सामान पठाउने उपयुक्त र भरपर्दो माध्यम बनेको छ । 
 
अमेरिकामा उच्च शिक्षा अध्ययन सकेर स्वदेश फर्केका सहसंस्थापक बालकृष्ण जोशीले केही साथीहरुको सहयोगमा सन् २००१ मा नेपालकै पहिलो विद्युतीय व्यापार ९इ–कमर्श०का रुपमा ‘ठमेल डटकम’ को सुरुवात गरेका हुन् । 
 
‘क्लक बी बिजिनेस इन्नोभेसन्स’ले आयोजना गरेको कार्यक्रममा सफल उद्यमीका रुपमा आफ्नो सफलताको कथा सुनाउँदै ‘ठमेल डटकम’ का सहसंस्थापक जोशीले भने – “हामीले यो गर्छु भनेर गरेको होइन । यो त परीक्षण गर्दागर्दै सिर्जना भएको हो ।” 
 
उनका अनुसार मुलुक बाहिर बसेका नेपालीले यस कम्पनीको वेबसाइटमा प्रवेश गरेर विश्वको जुनसुकै कुनाबाट स्वदेशमा आफ्ना परिवार र आफन्तलाई सामान पठाउन सक्छन् । 
 
कम्पनीले हाल नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएर विदेशबाट इन्टरनेटका माध्यमले छिटो र सस्तो मूल्यमा पैसा पठाउने सुविधासमेत प्रदान गरेको उनले बताए। 
 
“केही सामान आयात गरेर सुरुवात ग¥यौँ । यो काम हाम्रो समाजमा पूरै नयाँ कुरा भएकाले धेरै उतारचढाव भयो । कारोबार बढैसँगै साझेदार पनि बढाउँदै गयौँ । सोचेको भन्दा ठूलो काम भयो” – उनले भने। 
 
कम्पनीले सामान पठाउने काम विश्वभरबाटै गरेको भए पनि पैसा भने केही नीतिगत चुनौतीका कारण हाल संयुक्त राज्य अमेरिका र बेलायत मात्र रहेको तथा निकट भविष्यमै कतारबाट पनि सेवा सुरु गर्ने भएको छ । 
छोटो प्रक्रिया र इन्टरनेटबाट सिधै सम्पर्क गरी पैसा पठाउने भएकाले अन्य रेमिट्यान्स पठाउने कम्पनीका तुलनामा सस्तो भएको उनको दाबी छ । 
 
कम्पनीले विश्वभरबाट सामान पठाउँदा क्रेडिट र डेबिट कार्ड तथा सुइफ्ट नेटवर्कबाट पठाउने गरेको छ । विदेशमा शाखा स्थापना गरेको उक्त कम्पनीले हाल १५० जनालाई रोजगारी दिएको छ । 
 
विश्वव्यापीकरण र मानिसको व्यस्त जीवनशैलीले इ–कमर्श बढ्दै गएको बताउँदै जोशी भन्छन् – “प्रविधिले पैसा पठाउने प्रक्रियालाई सहज, विश्वासिलो र सस्तो बनाइदिएको मात्र होइन बीचमा रहने बिचौलियाको तहसमेत अन्त्य भएको छ ।” 
 
कम्पनीमार्फत मासिक रुपमा झन्डै तीन÷चार हजार मानिसले स्वदेश पैसा पठाउने गरेको जानकारी दिँदै उनले सरकारका नीति परिवर्तनसँगै यस काममा चुनौती थपिने गरेको बताए । 
 
“हामीले ग्राहकलाई सिधै पैसा उपलब्ध गराउँदैनौँ तर कतिपयले पैसा खोज्छन्” – सहसंस्थापक जोशीले भने। नेपालमा नेपालीले बनाएको उक्त कम्पनीलाई आगामी दिनमा विश्वभर फैलाउने योजना रहेको उनले बताए। रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411