एसियन लाइफको २८.५ प्रतिशत वोनस सेयर, पुँजी ५२ करोड १२ लाख रुपैयाँ पुग्ने

सोमबार, फागुन २५, २०७१ साल,
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स्ले गत बर्षको नाफाबाट ३० प्रतिशत लाभांस वितरण गर्ने भएको छ । कम्पनीको ८८औं सञ्चालक समितिको बैठकले २८.५ प्रतिशत वोनस सेयर र १.५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ ।
 
कम्पनीले प्रस्ताव गरेको लाभांस नियामक निकाय बिमा समिति र बार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने छन् ।
 
कम्पनीले गत आर्थिक बर्ष दुई करोड ९१ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको चुक्ता पुँजी ५२ करोड १२ लाख रुपैयाँ छ । वोनस सेयरपछि कम्पनीको पुँजीमा १४ करोड ८५ लाख रुपैयाँ थपिने छ । चालु बर्षको पुस मसान्तसम्म कम्पनी एक करोड २३ लाख रुपैयाँ खुद मुनाफामा छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411