​राष्ट्रिय वाणिज्य बैंक र नेपाल सर्टिफाइङ कम्पनीबीच डिजिटल सिग्नेचर सम्बन्धी सम्झौता

मंगलवार, आषाढ १४, २०७३ साल,
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सर्टिफाइङ कम्पनी (एनसीसी) बीच डिजिटल सिग्नेचर तथा सर्टिफिकेट (डिएससी) प्रदान गर्नेबारे सम्झौता भएको छ। 
 
बैंकभित्र हुने विद्युतीय प्रणाली मार्फत गरिने सूचना आदान प्रदानमा उत्पन्न हुने जोखिमलाई न्यूनिकरण गर्दै सूचना प्रणाली र अनलाइन कारोबारलाई थप सुरक्षितका साथै विश्वसनीय बनाउने उद्धेश्यले उक्त सम्झौता गरिएको बैंकले जनाएको छ।
 
सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र एनसीसीका तर्फबाट अध्यक्ष विप्लवमान सिहंले हस्ताक्षर गरेका छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411