​लुम्बिनी जनरल इन्स्योरेन्स १० प्रतिसत सेयर बोनस पारित

सोमबार, फागुन २५, २०७१ साल,
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको दशौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभाले लगानीकर्तालाई १० बराबर एकका दरले बोनस सेयर सेयर दिने प्रस्ताव पनि पारित गरेको छ ।
 
बोनस सेयर वितरण गर्दा कम्पनीको चुक्ता पुँजी २९ करोड १८ लाख ७४ हजार नौं सय रुपैयाँ पुग्नेछ । कम्पनीले गत आर्थिक वर्ष २०७०/०७१मा बीमाशुल्क ५९ करोड ३२ लाख आर्जन गरेको छ । यो विमाशुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा १७ प्रतिसतले बढी हो ।

कम्पनीका अध्यक्ष मनोहर दास मुलले स्थापनाको पहिलो बर्षदेखि नै लगातार मुनाफा कमाउन सफल यो इन्स्योरेन्सको कारोवार यस वर्ष पनि उत्साहप्रद रुपमा बृद्धि हुंदै गएको बताए ।

चालु आर्थिक वर्ष २०७१/०७२ को पुससम्म कम्पनीले करिब २८ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको जानकारी साधारण सभामा दिइएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411