नेपाललाई फेरी कालोसूचीमा राख्ने चेतावनी

आईतवार, आषाढ १२, २०७३ साल,
काठमाडौं । सम्पत्ति शुद्धीकरणविरुद्ध प्रभावकारी कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय समुदायले नेपाललाई कालोसूचीमा राख्ने वा सहयोग रोक्का गर्नेसम्मको चेतावनी दिएको छ ।

यसअघि आवश्यक कानुन नबनाएको भन्दै यस्तौ चेतावनी दिएका अन्तर्राष्ट्रिय मुद्रा कोषले ,बिश्व बैंक र अन्य निकायले यसपटक भने मनी ट्रान्सफर कम्पनीमार्फत सम्पत्ति शुद्धीकरण भएको र त्यसलाई रोक्न प्रभावकारी कदम नचालको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

केही अघि आएको अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको मिसनले यस्तो चेतवनी दिएको राष्ट्र बैंकको उच्च स्रोतले जानकारी दिएको छ ।

यस्तै फइनान्सियल एक्सन टाक्स फोर्स अन्गर्ततको एसिया प्यासिफिक ग्रुप अफ एन्टी मनी लाउन्डरिङले पनि नेपाल सरकारका उच्च अधिकारीलाई भेटेर यस्तै चेतावनी दिएको स्रोतले जानकारी दियो ।

बैकिङ प्रणलीमार्फत हुने मनी ट्रान्सफरमा समस्या नभए पनिमनी ट्रान्सफर कम्पनीको नियम र अनुगमन प्रणाली कमजोर हुँदा यस्तो समस्या आएको आरोप लगाइएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411