​खाँदबारीमा कृषि विकास बैंङ्कको शाखा

बुद्धबार, आषाढ ८, २०७३ साल,
काठमाडौं । सङ्खुवासभाको खाँदबारीमा कृषि विकास बैंङ्कको शाखा सञ्चालनमा आएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले मङ्गबार आयोजित एक कार्यक्रमबीच उक्त शाखाको उद्घाटन गरेका हुन् । 

शाखाबाट सम्पुर्ण वित्तीय कारोबार हुने उनले बताए । बैंङ्कले निक्षेपमा सङ्कलनमा विशेष ध्यान दिई गुणस्तरीय कर्जा लगानी गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी उमाकान्त आचार्यले बैङ्कको स्थापनाले यस क्षेत्रका जनताले आधुनिक बैंङ्किङ सुविधा पाउने भएकाले आर्थिक उन्नति हुने विश्वास व्यक्त गरे ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411