​सेञ्चुरी कमर्सियल बैँकको सेञ्चुरी भिसा क्रेडिट कार्डको शुरुवात

सोमबार, आषाढ ६, २०७३ साल,
काठमाडौं । सेञ्चुरी कमर्सियल बैँकले सेञ्चुरी भिसा क्रेडिट कार्डको शुरुवात गरेको छ । बैंकले गोल्ड र क्लासिक गरि २ प्रकारका क्रेडिट कार्ड प्रचलनमा ल्याएको हो । ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै बैँकले ३१ वटै शाखाहरुबाट भिसा क्रेडिट कार्ड सेवा उपलब्ध गराउने जनाएको छ ।

चत मसान्त सम्ममा २६ अर्ब १ करोड निक्षप संकलन तथा २२ अर्ब ८३ करोड रुपैंया कर्जा प्रवाह गरेको बैंकले सवा २३ करोड रुपैंया खुद नाफा कमाएको थियो ।

२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको बैंकले ३१ वटा शाखा, २८ वटा एटीएम्, ८ वटा शाखारहित बैंकिङ्ग तथा ३ वटा एक्सटेन्सन् काउन्टरबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411