​अनाथ बालबालिकालाई हिमालयन बैंकको सहयोग

आईतवार, आषाढ ५, २०७३ साल,
काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानीलकण्ठ–६, टुसालस्थित ‘नेपालमा भएका अनाथ असहाय बाल सुधार संघ’ का वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले बाल सुधार संघका वालवालिकाहरुलाई खाद्यसामाग्री सहयोग प्रदान गरेको हो ।

बैंकले उक्त बाल सुधार संघमा रहेका ३४ जना वाल वालिकाहरुलाई खाद्य–सामग्रीहरु ९चामल, दाल, चिनी, तेल, नुन, बिस्कुट, गेडागुडीहरु० तथा पकाउने र खाने भाँडाकुँडाहरु ९डेक्ची, पे्रसर कुकर, थाल, कचौरा, गिलास, चम्चा० सहयोग गरेको छ ।

बैंकका तर्फवाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

देशका विभिन्न स्थानका अनाथ तथा असहाय वालवालिकाहरुलाई उक्त बाल सुधार संघले आश्रय तथा शिक्षा प्रदान गर्दै आईरहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411