सिटिजन्स बैंकको १ करोड ७१ लाख कित्ता हकप्रद शेयरको आवदेन खुल्यो

आईतवार, आषाढ ५, २०७३ साल,
काठमाडौं । सिटिजन्स बैंकले ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । बैकले चुक्तापूँजी वृद्धिका लागि १०ः५.५ अर्थात ५५ प्रतिशत हकप्रद शेयर वितरण गर्ने प्रस्ताव नवौ साधारणसभाबाट पारित गरेको थियो । 
 
सिटिजन्स बैकले १ करोड ७१ लाख १८ हजार १ सय ६३ कित्ता अर्थात १ अर्ब ७१ करोड रुपैंयाँ बारबरको हकप्रद शेयर निष्कानका गरेको हो । 

बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड ५२ लाख रुपैंया रहेको छ । गत आर्थिक वर्षको खुद नाफाबाट २० प्रतिशत बोनस शेयर बितरण गरिसकेको बैंकको हकप्रद सेयर निष्काशन पश्चात चुक्ता पूँजी ४ अर्ब ७७ करोड रुपैंया पुग्ने छ ।

शेयर निष्काशनका लागि बैंकले ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ । 

बैंकको हकप्रदका लागि असार ५ गतेदेखि आगामी श्रावण ९ गतेसम्म आवेदन दिन सकिनेछ । जेठ २४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । 

हकप्रद शेयरका लागि ग्लोबल आइएमई क्यापिटल तथा बैंकका सम्पूर्ण शाखाहरुबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411