​कञ्चन डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद दिने

आईतवार, आषाढ ५, २०७३ साल,
काठमाडौं । कञ्चन डेभलपमेण्ट बैंकले शेयरधनीलाई ५० प्रतिशत हकप्रद शेयर दिने भएको छ । बैंकको शनिबार सम्पन्न विशेष साधारण सभाले दुई बराबर एक हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको हो । 

कञ्चनपुरमा मुख्य कार्यालय रहेको बैंकको अहिले चुक्ता पूँजी १९ करोड ८० लाख रुपैंया रहेको छ । हकप्रद निष्कासन पश्चात बैंकको चुक्ता पूँजी २९ करोड ७० लाख रुपैयाँ पुग्नेछ । 

बैंकले २०७४ साल असारसम्म चुक्ता पुँजी ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ । नेपाल राष्ट्र बैंकले ३ जिल्ले विकास बैंकहरुका लागि २०७४ साल असारसम्म चुक्ता पूँजी ५० करोड रुपैंया पुर्याउन निर्देशन दिएको छ ।

त्यस्तै साधारण सभाले सस्थापक समूहमा रहेको ७० प्रतिसत मध्येबाट २७.१४ प्रतिशत सेयर साधारण समूहमा परिवर्तन गर्ने निर्णय पनि गरेको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411