सगरमाथा फाइनान्सले १५ प्रतिशत बोनस र ८ प्रतिशत हकप्रद दिने प्रस्ताव पारित

शुक्रबार, आषाढ ३, २०७३ साल,
काठमाडौं । सगरमाथा फाइनान्सले १०ः८का दरले हकप्रद निष्कासन गर्ने भएको छ । फाइनान्सको शुक्रबार सम्पन्न दशौं वार्षिक साधारण सभाले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
 
साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट १५.८५% बोनस सेयर दिने प्रस्ताव पनि पारित गरेको छ । बोनस सेयर वितरण गरेपछि हुने चुक्ता पुँजीको १०ः८का दरले हकप्रद दिन लागिएको हो ।

साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट मदन कुमार राई, शरणदेव राई, रुद्र बहादुर राई र मनिराज कर्णिकारलाई सञ्चालक चयन गरेको छ । त्यस्तै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दिनेश राई र माओ राई किरातलाई आगामी ४ बर्षको लागि संचालकमा निर्वाचित गरेको हो । संचालक समितिको शुक्रबारै बसेको बैठकले मदन कुमार राईलाई अध्यक्षमा चयन समेत गरेको छ ।
 
ललितपुरको मानभवनमा प्रधान कार्यालय रहेको यस संस्थाले गाःवहाल, बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, सोलु सल्लेरी, भोजपुर वजार, दिक्तेल र ओखलढुङ्गा वजारमा गरी १० वटा शाखा संचालनमा ल्याएको छ । संस्थाले तेह्रथुम, ताप्लेजुङ, फिदिम, इलाम र काठमाण्डौमा समेत शाखा विस्तार गर्ने योजना रहेको जनाइएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411