प्रभु बैंकले विद्यूतीय हस्ताक्षर सम्बन्धी सम्झौता गर्यो, बैंकिङ कारोबार सुदृढ हुने

शुक्रबार, आषाढ ३, २०७३ साल,
काठमाडौं । विद्यूतीय प्रणाली मार्फत् गरिने सूचना आदान प्रदानमा उत्पन्न हुने जोखिमलाई न्युनीकरण गर्ने तथा सूचना प्रवाहलाई अझ विश्वसनीय बनाउनका लागि प्रभु बैंक लिमिटेड र नेपाल सर्टिफाइङ कम्पनी लिमिटेड बीच संझौता भएको छ । 
 
बिहीबार आयोजित कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन नेपाल सर्टिफाइङ कम्पनी लिमिटेडका तर्पmबाट अध्यक्ष विप्लवमान सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रमा बैंक तथा नेपाल सर्टिफाइङ कम्पनी लिमिटेडका अन्य पदादिकारीहरुको पनि उपस्थिति थियो ।
 
सूचना आदान प्रदानमा हुने जोखिम न्यूनिकरण सम्बन्धी सम्झौता पछि आगामी दिनमा बैंकको आन्तरिक तथा बाह्य ग्राहकहरुसँगको विद्यूतीय कारोबार अझ सुरक्षित एवं सवल हुने बैंकले विश्वास लिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411