नेपाल टेलिकमले इन्टरनेट सेवाको मूल्य घटायो, नयाँमा फाइवर केबल निशुल्क

बुद्धबार, आषाढ १, २०७३ साल,
काठमाडौं। नेपाल टेलिकमले इन्टरनेट सेवा 'फाइवर टु दि होम' सेवाको दरमा परिमार्जन गरेको छ। यो संगै एफटिटिएच प्याकेज बिक्री वितरण, सिपिइ महसुल तथा अप्टिकल फाइबरको दर घटाएको छ।

नयाँ दररेटअनुसार एफटिटिएच प्याकेजमा १२० जिवी डेटा १० एमविपिएसका लागि पाँचहजार एकसय ६० रुपैया बनाएको छ भने यो तीन महिनाभित्र सक्नुपर्ने हुन्छ। त्यस्तै ६०० जिवीका लागि बार्षिक २३ हजार ४० रुपैयाँमात्र तिरे पुग्ने भएको छ र यो प्याकेजमा १०० एमविपिएससम्मको स्पीडमा चलाउन सकिने टेलिकमले जनाएको छ।
 
टेलिकमले फाइवर टु दि होम सेवामा तल उल्लेखित प्याकेज मात्र बिक्री वितरण गर्ने जनाएको छ। त्यस्तै टेलिकमले हाल एफटिटिएचका उल्लेखित भन्दा हरु प्याकेजहरु स्थगित गरेको जनाएको छ।
 
यस्तैगरी हाल उपलब्ध रहेका एफटिटिएच सेवाको सिपिईको शुल्कमा पनि परिमार्जन गरी नयाँ घटाएको मूल्यमा खरिद गर्न आग्रह गरेको छ।

टेलिकमले कम्पनीबाट उपलब्ध गराइएको सिपिई बिग्रिएमा एक महिनासम्म निःशुल्क रिपेयर तथा रिप्लेस गरिने जनाएको छ। तोकिएको समयभन्दा पछि विग्रिएमा थप पाँचहजार रुपैयाँ लिएर रिप्लेस गर्न सकिने टेलिकमले जनाएको छ।
 
नयाँ जडान गर्ने ग्राहकहरुलाई टेलिकमले २ कोर अप्टिकल फाइवर तार एकसय मिटरसम्म निशुल्क र त्यसभन्दा थप गर्नुपर्ने भएमा प्रतिमिटर २० रुपैयाँ लाग्ने जनाएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411