ग्लोबल आइएमईले प्यासिफिक डेभलपमेन्ट बैंक खरिद गर्ने सम्झौता

बुद्धबार, आषाढ १, २०७३ साल,
काठमाडौं । ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकलाई खरिद गर्ने भएको छ । ग्लोबल आइएमई बैंकले दश करोड पूँजि भएको प्यासिफिक बैंक किन्न लागेको हो । 

बैंकले पूँजी बढाउन भन्दा पनि बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने राष्ट् बैकको नीतिलाई सहयोग गर्न प्यासिफिकलाई खरिद गर्न लागेको बैंकले जनाएको छ । 

लमजुङ्गको बेशीशहरमा केन्द्रीय कार्यालय रहेको एक जिल्ला कार्यक्षेत्र भएको प्यासिफिक डेभलपेमन्ट बैंकको दश करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा उसको जगेडाकोषमा ३ करोड ६८ लाख रुपैयाँ रहेको छ । मंगलबार शेयर बजारको यो बैंकको प्रतिकित्ता शेयरमूल्य ४ प्रतिशतले बढेर ४६८ रुपैयाँमा कारोबार भएको थियो । ग्लोबल आएमईले किन्ने भएपछि प्यासिफिकको शेयरबजारमा कारोबार रोकिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411