महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिद्धार्थ फाइनान्स, असार भित्रै मर्ज हुने, पुँजी १ अर्ब १५ करोड पुग्ने

मंगलवार, जेष्ठ ३२, २०७३ साल,
काठमाडौं । महालक्ष्मी फाइनान्स लिमिटेडको विशेष साधारण सभाले अन्य दुई सस्था गाभेर राष्ट्रिय स्तरको विकास बैंक बन्ने प्रस्ताव पारित गरेको छ । महालक्ष्मीमा मालिका बिकास बैंक र सिद्धार्थ फाइनान्स गाभिँदै छन् ।
 
यी तीन वटा सस्था मर्ज भएपछि राष्ट्रिय स्तरको विकास बन्नेछ । नयाँ बन्ने विकास बैंकको नाम महालक्ष्मी विकास बैंक रहने जानकारी पनि साधारण सभामा दिइयो । मर्जरको प्रक्रिया असार मसान्तसम्म सकेर एकिकृत कारोबार गर्ने योजना रहेको जानकारी पनि दिइयो । 

मालिका विकास बैंक सुदूर पश्चिमाञ्चलको धनगढीमा केन्द्रीय कार्यालय भएको क्षेत्रीय स्तरको ख वर्गको विकास बैंक हो भने भैरहवामा केन्द्रीय कार्यालय रहेको सिद्धार्थ फाईनान्स राष्ट्रिय स्तरको वित्त कम्पनी हो । 
 
मालिका विकास बैंकको १८, सिद्धार्थ फाईनान्स लिमिटेडको ९ तथा महालक्ष्मी फाईनान्स लिमिटेडको १३ गरी मर्जर पछि बन्ने राष्ट्रिय स्तरको विकास बैंकको कुल ४० वटा शाखा हुनेछन् । संस्थाको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411