सिटिजन्स बैंकको थप ३ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालन

मंगलवार, जेष्ठ ३२, २०७३ साल,
काठमाण्डौं। सिटिजन्स बैंकले नुवाकोट जिल्लामा शाखारहित बैंकिङसेवा सुचारु गरेको छ। देशका विभिन्न दुर्गम ठाउँका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ युके एडको लगानिमा संचालित सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा शाखा विस्तार गरेको हो।
 
भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ प्रणालि मार्फत वित्तिय पहुँच पुर्याउनको लागि बैंकले नुवाकोट जिल्ला स्थित रालुकादेवी, थापे्रक र खरानीटार गाविसमा  ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको बैंकले जनाएको छ ।
  
यस शाखा रहित बैंकिङ सेवाको सञ्चालन पश्चात बैंकको कुल शाखा रहित बैंकिङ्ग सेवाको संख्या ९२ पुगेको छ । बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई अत्याधुनिक बैकिङ सेवा जस्तै निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु शाखारहित बैंकिङ मार्फत उपलब्ध गराई राखेको जनाएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411