भक्तपुरमा विस्तार हुँदैछन् तीन ठूला सडक, मिचेर बनाइएका घरटहरा भत्कने

मंगलवार, जेष्ठ ३२, २०७३ साल,
भक्तपुर। डिभिजन सडक कार्यालय भक्तपुरले जिल्लाका तीन ठूला सडकको विस्तार थालनी गरेको छ ।कौशल्टार–बालकोट–बिरुवा सडक, विष्णु कुण्ड– सिद्धिकाली चोक– पुरानो बाटो थिमी सडक र बाखाहा बजारबाट हुलाक रोड हुँदै नगरपालिका कार्यालय– मिलरोड– मनोहरा खोलासम्मको सडक विस्तार सुरु गरिएको हो ।

एक साताका अवधिमा तीन वटै सडकको विस्तारको शिलान्यास गरी काम सुरु गरिएको डिभिजन सडक कार्यालयका प्रमुख  देवेन्द्र साहले जानकारी दिए ।  कौशलटारबाट बालकोट हुँदै बिरुवा जाने सडकमध्ये पहिलो चरणमा  तीन करोड ७९ लाख ७८ हजारको लागतमा कौशलटारदेखि बालकोटसम्मको एक किमी सडक विस्तार गरिने भएको छ । त्यसपछि अर्को चरणमा बालकोट हुँदै सिरुटार बिरुवासम्म सडक विस्तार हुनेछ ।

त्यसैगरी अरनिको राजमार्गस्थित थिमी चारदोबाटोबाट विष्णुकुण्ड– सिद्धिकाली चोक हुँदै पुरानो बाटो थिमी सडक विस्तार पनि सुरु भएको छ ।  चार करोड नौ लाख ३९ हजार ३८६ को लागतमा डेढ किमी सडक विस्तार सुरु भएको प्रमुख साहले जानकारी दिए ।

त्यसैगरी पुरानो ठिमी–बाखाहा बजारबाट हुलाक रोड हुँदै नगरपालिका कार्यालय– मिलरोड– मनोहरा खोलासम्मको पौने तीन किमी सडक पनि विस्तार सुरु गरिएको छ । १० करोड ६१ लाख ६४ हजार ७१४ का लागतमा निर्माण सुरु भएको हो ।तीन वटै सडक आगामी दुई वर्षभित्र बनाइने सम्झौता भएको जानकारी दिँदै साहले सडक मापदण्डभित्र रहेका भौतिक संरचना भत्काएर विस्तार गरिने ती सडकमा दुवैतर्फ फुटपाथ, ढल, सात मिटर कालोपत्रे, निकास र ढलको व्यवस्था हुने बताए । रासस

यसरी बनाइँदै छ, काठमाडौं उपत्यकाका सडक फराकिला, कुन कुन बाटो हुदैछ चौडा

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411