एनसीसी सहित ६ बैंकको मर्जको लागि स्वाप रेसियो टुंगियो, हेनुहोस् कस्को कति ?

मंगलवार, जेष्ठ ३२, २०७३ साल,
काठमाडौं । एनसीसीसँग मर्ज गर्न लागेका ५ वटा वित्तिय संस्थाको संयुक्त मर्ज समितिले शेयर स्वाप रेसियो परित गरेको छ । एनसीसी र कुमारी बैंकको समान हुनेछ भने वाँकी ४ विकास बैंकको रेसियो केहि घटेको छ । 

मर्जरका लागि एनसीसीको शेयरलाई मुख्य आधार बनाएर डिडिए प्रतिवेदन तयार गरिएको हो  । डिडिले कुमारीलाई ९९.३१, एपेक्सलाई ४७.३९, इन्फ्रास्टक्चर डेभलपमेण्टलाई ७६.९४, इन्टरनेशनल डेभलपमेण्टलाई ७२.७७ र सुम्रिम डेभलपमेण्टलाई ७६.०५ कित्ता शेयर दिने प्रतिवेदन तयार परेको छ ।

मर्जर समितिमा दशमलव पछिको अंकलाई पुर्ण अंक १ मान्ने निर्णय भएको छ । उक्त प्रतिवेदनमा एपेक्सको संचालक समितिले भने असहमति जनाएको बताईएको छ । 

मर्जरपछि बन्ने बैंकको चुक्ता पूजि ७ अर्ब २५ करोड रुपैया पुग्नेछ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411