​सनराईज बैंकको पाँचौ शाखारहित बैंकिङ्ग सेवा डोटीमा

आईतवार, जेष्ठ ३०, २०७३ साल,
काठमाडौं । सनराईज बैंकले डोटी जिल्लाको बनलेक गाविस वडा नं. ३ को बानडुङग्रीसेन बजारमा आफ्नो पाँचौ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । 

बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न विकट गाँउहरुमा सेवा पुर्याउने उदेश्यले उक्त शाखा विस्तार गरेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उक्त शाखाका उद्घाटन सोही गाविसका सचिव लक्ष्मीकान्त रोस्यालले गरेका थिए । सो अबसरमा बैंकका प्रमुख बजार व्यवस्थापक श्रीमती रविना आचार्यले शाखारहित बैंकिङ्ग सेवाका एजेन्ट शेर बहादुर बलायरलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेकी थिईन । 

हाल सनराईज बैंकको देशभर ५३ शाखा, ६७ एटिएम रहेका छन । यस अघि बैंकले  काभ्रे, झापा, महोत्तरी र मोरङ्गमा शाखारहित सेवा विस्तार गरी सकेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411