नेपाल बंगलादेश बैंकले २ करोड ४३ लाख कित्ता हकप्रद शेयर जारी गर्ने

आईतवार, जेष्ठ ३०, २०७३ साल,
काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्नो पूँजि ८ अर्ब पुर्याउनको लागि ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकको संचालक समितिको बैंठकले हाल कायम रहेका शेयरधनीलाई १० कित्ता बराबर ८ कित्ताका दरले हकप्रद शेयर दिने निर्णय गरेको हो । 

नेपाल बंगलादेश बैंकको हाल चुक्ता पूँजि ३ अर्ब ४ करोड रुपैयाँ रहेको छ । उक्त शेयर जारी गरेपछि बैंकको पुँजि ५ अर्ब ४७ करोड पुग्नेछ ।

राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ मा ८ अर्ब पूँजि पुर्याउन बैंकले विभिन्न बैंक तथा वित्तिय संस्थासँगको मर्जर हुन गरेको प्रयास असफल भएपछि लगानिकर्तालाई ठुलो मात्रामा हकप्रद शेयर जारी गरी पुँजि बढाउन तर्फ लागेको हो ।

४१ प्रतिशत शेयर बंगलादेशी साझेदारको स्वामित्वमा रहेको बैंकको तीन अर्ब ४ करोड चुक्ता पूँजी रहेको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा १९ करोडले बढाएको छ । उसले खुद नाफा ७० करोड नघाएर प्रतिस्पर्धी बाणिज्य बैंकहरुमा चर्चा बटुलेको हो ।  

बैंकको प्रति शेयर आम्दानीमा पनि १० प्रतिशतले बढोत्तरी भएर ३१ रुपैयाँ पुगेको छ । निस्क्रिय कर्जा अनुपात घटेर १.६३ प्रतिशतमा झरेको छ ।





हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411