विश्व मै पहिलो पटक ‘नाइटभिजन’ क्यामरा भएको फोन सार्वजनिक

शनिबार, जेष्ठ २९, २०७३ साल,
एजेन्सी । संसारमै पहिलो पटक नाइटभिजन क्यामरायुक्त फोन सार्वजनिक भएको छ।
 
डेनमार्कको लुमिगोन कम्पनीले ‘टी थ्री’ नामको आफ्नो नयाँ स्मार्टफोन लन्च गरेको हो। फोनमा ४ मेगापिक्सलको नाइटभिजन क्यामरा रहेको छ। यसको मद्दतले पूर्ण अँध्यारो वातावरणमा पनि फोटो खिच्न सकिन्छ।
 
मानिसले १ हजार ५० नानोमिटरभन्दा कम तरंगको प्रकाशमा दृष्य देख्न नसक्ने हुँदा त्यस्तो अवस्थामा नाइटभिजन क्यामरा प्रयोग गर्ने गरिन्छ। यो क्यामरामा हुने इलेक्ट्रोम्याग्नेटिक रेडिएसनको प्रभावले गर्दा अँध्यारोमा (१ हजार ५० नानोमिटरभन्दा कम तरंगको प्रकाशमा) पनि बस्तु हेर्न सकिन्छ।
 
नाइटभिजन क्यामराबाहेक फोनमा १३ एमपीको रियर क्यामरा छ भने ५ एमपीको फ्रन्ट क्यामरा पनि रहेको छ।  बाह्य संरचनामा गोरिल्ला ग्लास  र स्नेनलेस स्टीलको प्रयोगबाट फोनलाई सुरक्षित गरिएको छ। पानी तथा धुलोबाट हुन सक्ने नोक्सानीलाई पूर्ण रुपमा सुरक्षित गरिएको छ।
 
 फोनमा ३ जिबी र्याम दिइएको छ। २.२ गिगाहर्जको गतिमा फोन  संचालन हुन्छ। यसको तौल १ सय ४५ ग्राम रहेको छ भने मोटाई ७.९ मिमि रहेको छ। फोनको मूल्य ७४० अमेरिकी डलर तोकिएको छ। फोनको आन्तरिक स्टोरेज क्षमता १२८ जिबीसम्म रहने बताइएको छ।
 
४.८ इन्चको एमोलेड एचडी डिस्प्ले दिइएको यो फोनमा ३ डि फिङ्गर प्रिन्ट, ब्याक लाइट, स्टीरियो स्पिकरजस्ता फिचर्स राखिएको छ।
 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411