नेपालगन्जका सडकमा ७५ लाखमा ७० वटा सौर्य बत्ती जोडिने, ४ लाख बचत

बिहीवार, जेष्ठ २७, २०७३ साल,
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरको मुख्य सुर्खेत सडकखण्डमा सौर्य बत्ती जडान कार्य सुरु गरेको छ ।
 
यो सडकखण्डको गणेशमान चोकदेखि पुष्पलाल चोकसम्म सौर्य सडक बत्ती जडान गर्न लागिएको इन्जिनियर सुरजकुमार गुप्ताले जानकारी दिए।
 
वैकल्पिक ऊर्जा प्रवद्र्धन बोर्डको ६० लाख र नगरपालिकाको १५ लाख गरी ७५ लाखको लागतमा यही असार मसान्तभित्र काम सक्ने गरी ७० वटा खम्बामा सौर्य बत्ती जडान गर्न लागिएको हो ।
 
सडक बत्तीमा वार्षिक सरदर चार लाख खर्च गर्दै आएको नगरपालिकालाई सौर्य बत्ती जडानपछि सो आर्थिक भार नपर्ने र विद्युत् प्राधिकरणको विद्युत् भार घटने अपेक्षा गरिएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411