टनकपुर–महेन्द्रनगर लिङ्क सडक निर्माण द्रुत गतिमा अघि बढ्यो, अर्को वर्षदेखि यातायात सेवा चल्ने

बिहीवार, जेष्ठ २७, २०७३ साल,
कञ्चनपुर । सरकारको उच्च प्राथमिकतामा रहेको टनकपुर–महेन्द्रनगर लिङ्क सडक निर्माणको कार्य दु्रत गतिमा अगाडि बढाइएको छ । सडकमा ग्राभेलिङ गर्ने, माटो भरान गर्ने, कल्भर्ट निर्माण गर्ने कार्यलाई तीव्रता साथ अगाडि बढाएको हो ।
 
चालु आवमा ७८ लाखको लगानीमा तीन किलोमिटर सडकमा ग्राभेलिङ, चार वटा पाइप कल्भर्ट र पाँच वटा बक्स कल्भर्ट निर्माणको कार्यलाई अन्तिम चरणमा पुर्‍याइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर ज्ञानेन्द्र कलौनीले बताए।
 
कामीकाटे खोलामा पुल निर्माणको कार्य पूरा भएपछि अर्को वर्षदेखि यातायात सेवा सञ्चालन हुने उनले बताए। लिङ्क सडक निर्माणका लागि आव २०७३-७४ को बजेटमा १५ करोड बजेटको व्यवस्था भएपछि सडक कालोपत्रे गर्ने कार्य अगाडि बढ्ने भएको छ।
 
इन्जिनियर कलौनीले आउँदो असारपछि सडक कालोपत्रे गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइने बताउनुभयो । आव २०६७-६८ मा शिलान्यास गरिएको सडकको ब्रह्मदेवदेखि महेन्द्रनगरको भाँसीसम्मको १३ किलोमिटर ट्रयाक खन्ने र ग्राभेलिङ गर्ने कार्य गरिएको थियो।
 
ट्रयाक खोल्न र ग्राभेलिङका लागि मात्रै दुई करोड ५० लाख रकम खर्च गरिएको थियो। त्यसपछि बजेट अभावले सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य हुन सकेको थिएन।
 
टनकपुरदेखि ब्रह्मदेवसम्मको तीन किलोमिटर सडक भारत सरकारले निर्माण गर्ने भए पनि हालसम्म कार्य अगाडि बढाएको छैन। सडक निर्माणका लागि छ वर्षअघि नै ३४२ परिवारलाई मुआब्जा वितरणको कार्य नेपाल सरकारले पूरा गरिसकेको छ। रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411