‘फोर्ड हेरिटेज मन्थ’ प्रभावकारी बन्दै

बुद्धबार, जेष्ठ २६, २०७३ साल,
काठमाडौं । फोर्ड गाडीले यो वर्ष ‘फोर्ड हेरिटेज मन्थ’ मनाउने क्रममा फोर्ड र रेसिङबीचको सहकार्य तथा समन्वय प्रभावकारी भएको बताएको छ ।

यो वर्ष फोर्ड जिटीका गाडी जुन १८ र १९ मा हुन गइरहेको ‘ल मान्स’को चुनौतीपूर्ण २४ घन्टे प्रतिस्पर्धाका लागि छानिएको छ ।

ल मान्सको प्रतिस्पर्धाका लागि फोर्ड जिटीका चार गाडी नम्बर ६६, ६७, ६८, ६९ मैदानमा उत्रिनेछन् । कम्पनीका कार्यकारी अध्यक्ष हेन्री फोर्ड दुतियाले सन् १९६० मा फोर्ड जिटीले ल मान्समा प्रतिस्पर्धा गर्दा फोर्ड गाडीले प्रचलित नाम चलेका गाडीभन्दा बढी चुनौती र कौशलता बहन गर्न सक्ने लक्ष्य पूरा गरिसकेको जानकारी दिए ।

नयाँ फोर्ड जिटी फोर्डको एक उत्कृष्ट गाडी हुनुका साथै हल्का, कार्बन फाइबरले बनेको छ भने यसमा इकोबुस्ट इन्जिन छ । फोर्ड गाडीले अन्य कम्पनीका रेसिङ ब्रान्ड फरारी पोर्स, आस्तन मार्टिन लगायतसँग प्रतिस्पर्धा गर्नेछ ।

कम्पनीका अनुसार, पावरफुल इकोबुस्ट इन्जिन परीक्षणपछि मात्रै फोर्ड गाडी ल मान्स प्रतिस्पर्धामा सामेल हुँदै छन् । फोर्ड इकोबुस्ट इन्जिनले बढी पावर प्रदान गर्छ भने कम इन्धन खपत र वातावरणमैत्रीसमेत रहेको छ ।

सन् २००९ मा फोर्डले इकोबुस्ट इन्जिन सार्वजनिक भएपछि अहिलेसम्म ५० लाखभन्दा बढी गाडीमा यस्ता प्रविधिका इन्जिन जडान छन् । नेपालमा इकोबुस्ट इन्जिनका साथ फोर्ड इको स्पोर्टस् र फोर्ड कुगा उपलब्ध छन् ।

फोर्ड हेरिटेज मन्थ नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यसअन्तर्गत जुन महिनाभर फोर्ड गाडीमा विशेष छुटको व्यवस्था गर्नुका साथै सोरुममा आएर खरिद गर्न चाहनेलाई टेस्ट ड्राइभका साथै विशेष उपहार व्यवस्था गरिएको कम्पनीले बताएको छ ।

कम्पनीको जिओ फोर्डले ग्राहक रुचिलाई लक्षित गरी स्पेशल मुभी नाइट, विशेष रेसजस्ता थुप्रै कार्यक्रम ल्याएको छ । नेपालमा फोर्ड गाडीको आधिकारिक विक्रेता गोल्छा समूहअन्तर्गतको गो अटो मोबाइल रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411