फोहोरबाट बिजुली निकाल्ने तयारी अन्तिम चरणमा

बुद्धबार, जेष्ठ २६, २०७३ साल,
काठमाडौं। फोहोरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुगेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार बायोग्यास निकाल्नका लागि अहिले मेसिन ल्याउने तयारी भएको छ, भारतबाट ल्याउनुपर्ने भएकाले मेसिन आइपुग्ने बित्तिकै कामको सुरुवात हुनेछ ।

असारको पहिलो साता बायोग्यास उत्पादन गर्ने मेसिन नेपाल ल्याइनेछ ।  उनका अनुसार कामपाको वडा नम्बर २१, १२, १९ र २० छुट्याएको कुहिने र नकुहिने फोहरबाट दैनिक तीन टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने तयारी महानगरको छ । बायोग्यास प्लान्ट राख्न युरोपियन युनियनको ८० र कामपाको २० प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ । यो पहिलोे नमुना परियोजना हो ।

यो योजना सफल भएमा अन्य स्थानमा पनि यस कार्यलाई विस्तार गरिने कामपाले जनाएको छ । पछिल्लो समय फोहरको उचित व्यवस्थापन गरी सहरलाई फोहरबाट मुक्त गर्न लागिएको होे । दिगोरुपमा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न किसिमको अध्ययन भइरहेको कामपाले जनाएको छ ।

कामपामा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहर उत्पादन हुने गरेको छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411