नेशनल लाईफले ३० प्रतिशत बोनससहित ३८ प्रतिशत लाभांश दिने

मंगलवार, फागुन १९, २०७१ साल,
काठमाडौं । नेशनल लाईफ ईन्स्यारेन्सले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत बोनस शेयर ८ प्रतिशत नगद सहित ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । 

कम्पनीको संचालक समिति बैठकले लगानीकर्तालाई ३० प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव बीमा समितिले स्वीकृत गरी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश पाउने छन् ।

नेशनल लाईफले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सात करोड ८२ लाख कमाएर गतबर्षको सोही अबधिको तुलनामा ६३ प्रतिशतले बढाएको छ । जगेडा कोषमा ४३ करोड ५९ लाख र महाविपत्ति कोषमा तीन करोड ३३ लाख रुपैयाँ छ ।

नेशनल लाईफले दोस्रो त्रैमाससम्ममा एक अर्ब ३४ करोड बीमा शुल्क आर्जन गर्यो भने बीमा दाबी भुक्तानीमा ४१ करोड ९१ लाख गरेको छ । नेशनल लाईफको बीमा लेखसंख्या २९९५३८ र बोनस दरमा ६१ देखि ७५ रुपैयाँ छ ।

नेशनल लाईफको प्रति शेयर आम्दानी १९।९७ हुँदा शेयरको बजार मूल्य २५०० रुपैयाँ मात्र छ । कम्पनीको दोस्रो त्रैमासको बित्तीय विवरणमा बिमांकीय मूल्याङकनबाट आउने हिसाव समाबेश छैन । यो समाबेश भएमा खुद नाफामा अरु बढोत्तरी हुनसक्छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411