प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा डेढ दर्जन ठूला आयोजना

मंगलवार, जेष्ठ २५, २०७३ साल,
झापा । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा बजेटमार्फत एक दर्जनभन्दा बढी ठूला अयोजनामा बजेट विनियोजन गराएका छन् ।

केहि नियमित र केहि नयाँ कार्यक्रम राखी उनले आफ्नो निर्वाचन क्षेत्रका आयोजनामा उल्लेख्य बजेट बिनियोजन गराएका हुन् । जेठ १५ गते सार्वजनिक भएको २०७३-७४ को बजेट बक्तब्यमा ओलीको निर्वाचन क्षेत्र झापा ७ मा मात्रै डेढ दर्जनजति ठूला योजनाबारे समावेश छ ।कान्तिपुरमा खबर छापिएको छ ।

सबै आयोजनामा रकम उल्लेख नगरेपनि उक्त आयोजनाको बजेट अबौर्ं रुपैयाँ हुने सरकारी अधिकारीहरुको अनुमान छ । ओलीकै चाहना, अनुरोध र निर्देशनमा ति आयोजनाहरुमा बजेट निर्माणमा संलग्न सरकारी अधिकारीहरुले उल्लेख्य बजेट विनियोजन गरेका हुन् ।

प्रधानमन्त्रीको क्षेत्रमा चक्रपथ निर्माण, एक पहिचान एक सहर, औद्योगिक क्षेत्र, सभागृह, लखनपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि रकम विनियोजन गरिएको अर्थमन्त्री बिष्णु पौडेलले सार्वजनिक गरेको बजेट बक्तव्यमा उल्लेख छ । दमकमा विश्वकै अग्लो बुद्धको मूर्ति बनाउने, भ्युटावर निर्माण, टाउन हल निर्माण लगायतका योेजना पनि बजेटमा समाबेश छ । त्यस्तै सहरी विकास अन्तर्गत ४-५ वटा योजनाहरू र दमक चिसापानी रवि सडक निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411