​​बैङ्किङ क्षेत्रको ठगी र घोटाला रोक्न सम्मेलनको आयोजना हुँदै

मंगलवार, फागुन १९, २०७१ साल,
​काटमाडौं । पछिल्ला दिनमा बैङ्किङ क्षेत्रमा देखिएको विभिन्न ठगी तथा घोटाला र यसको न्यीिनकरणका लागि एकदिने सम्मेलनको आयोजना हुने भएको छ । 

नेशनल बैङ्किङ्ग ईन्ष्टिच्युट लिमिटेडले फागुन २७ गते उक्त सम्मेलनको आयोजना गरेको हो । नेपालको बैङ्क तथा वित्तीय क्षेत्रमा हाल वारम्बार रुपमा देखा परि रहेको ठगी तथा घोटालाका विषयहरुलाई समेट्ने गरी भारतको फिन्टिलेक नामक संस्थासंगको सहकार्यमा वित्तीय क्षेत्रमा रहेका उच्च तहका कर्मचारीहरुलाई लक्षित गरी सो सम्मेलनको आयोजना गरिने बताइएको छ । ‘फाइनान्सियल फण्ड’ नाम दिईएको सो सम्मेलन काठमाडौंमा हुने  छ । 

कार्यक्रममा वित्तीय क्षेत्रमा हुने गरेका र हुन सक्ने ठगी तथा घोटालाहरु, अनुसन्धानका प्राविधिक तरिकाहरु, सूचना प्रविधिमा आधारित ठगी, ठगी तथा घोटाला निराकरण गर्नका लागि आवश्यक कदमहरु लगायत बैङ्क तथा वित्तीय क्षेत्रमा हुने यस्ता गतिविधि रोक्न गरिएको अन्तर्राष्ट्रिय अनुभवहरु आदान प्रदान गरिने छ । जसले नेपालमा पनि भएका ठगी र घोटालाका घटनाहरुमा कमि आउने आयोजकको बिश्वास रहेको छ । 

सम्मेलनमा उक्त विषयमाथि प्रकाश पार्नको लागि विभिन्न विषय विज्ञहरुको सहभागिता रहने छ । कार्यक्रममा स्थानीय विज्ञहरुको अलावा भारत, स्कटल्याण्ड र फिन्टिलेक संस्थाका बिशिष्ट ब्यक्तिहरुको सहभागिता रहने नेशनल बैङ्किङ्ग ईन्ष्टिच्युटले एक विज्ञप्ति मार्फत जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411