युरोकप फाइनल हेर्न फ्रान्स जान पाउने ‘हेलो हुन्डाई ओनर्स’ का विजेता घोषित

आईतवार, जेष्ठ २३, २०७३ साल,
काठमाडौँ । नेपालका लागि हुन्डाई गाडीको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हेलो हुन्डाई ओनर्स’ को विजेताको नाम घोषणा गरेको छ।
 
मैतीदेवीका अमित श्रेष्ठ र सामाखुशीका राजेन्द्र गुरुङ लक्की ड्र मार्फत विजेता घोषित भएका हुन्। विजेताले युरो कप २०१६ को फाइनल खेल फ्रान्समै गएर हेर्ने मौका पाउने छन् । थापाथलीस्थित हुन्डाइ शोरुममा गत जेठ २१ मा एक समारोहबीच विजेताको नाम घोषणा गरिएको हो।
 
यो कार्यक्रम विशेष गरी हुन्डाई गाडीका ग्राहकलाई लक्षित गरेर ल्याइएको थियो। सो कार्यक्रममा भाग लिन हुन्डाई ग्राहकले आनलाईन मार्फत दर्ता गरेका थिए।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411