​एनसेलको पुँजी बृद्धि र नयाँ स्किम रोक्न निर्देशन

शुक्रबार, जेष्ठ २१, २०७३ साल,
काठमाडौं । पुँजीगत लाभकर नतिरेपछि विवादमा मुछिएको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कानुनबमोजिम शतप्रतिशत पुँजीगत लाभकर नतिरेसम्म उसको पूँजी बृद्धिलगायत कुनै पनि व्यवसायिक प्रस्ताव स्वीकृति नगर्न संसदको अर्थसमितिले सरकारलाई निर्देशन दिएको छ। 
 
एनसेल कर विवादका विषयमा छलफल गर्न शुक्रबार बिहान बसेको समितिले बैठकपछि यस्तो निर्देशन दिएको हो।
 
अर्थसमितिले एनसेलले कम्पनी बिक्री वापत तिर्नपर्ने पुँजीगत लाभकर नतिरुन्जेल पुँजी बृद्धिको प्रस्ताव स्वीकृत नगर्न र भविष्यमा ल्याउने कुनै पनि व्यवसायिक योजना तथा स्किम पनि रोक्न निर्देशन दिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411