​प्राधिकरणले माग्यो अन्तरराष्ट्रिय समुदायको थप सहयोग

बुद्धबार, जेष्ठ १२, २०७३ साल,
काठमाडौं  । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट प्रभावित क्षेत्रको विकासका लागि आर्थिक र प्राविधिक पक्षमा अन्तरराष्ट्रिय समुदायसँग थप सहयोगको आह्वान गरेका छन् ।

टर्कीको इस्तानबुलमा आयोजित विश्व मानवीय सम्मेलनमा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प प्रभावित क्षेत्रमा नेपालले दु्रत गतिमा काम अघि बढाएको र त्यसमा अन्तरराष्ट्रिय समुदायको थप सहयोग आवश्यक रहेको बताएका प्राधिकरणमा प्रवक्ता रामप्रसाद थपलियाले बताए ।

‘भूकम्प प्रभावित क्षेत्रमा बैङ्किङ सुविधा छिटो पुर्‍याउन सञ्चार सम्बन्ध विस्तार गर्ने क्रममा छौँ । यसले गर्दा जनताले छिटो सुविधा पाउनेछन्’, उनले भने ।   उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासहितको टोेलीमा प्रमुख कार्यकारी अधिकृत ज्ञवाली शनिबार टर्की गएका थिए ।  

सम्मेलनका अवसरमा नेपाली टोलीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको पुनर्निर्माण र पुर्नस्थापनासम्बन्धी पाँचवर्षे कार्ययोजना संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनलाई हस्तान्तरण गरेको थियो । रासस

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411