​मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने

बुद्धबार, जेष्ठ १२, २०७३ साल,
काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको परियोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँमा ल्याउन सकिने जनाएको छ। 
 
उक्त परियोजनाबाट काठमाडौँ उपत्यकामा पानी आउन सुरु भएपछि यहाँको बढ्दै गएको पानीको मागलाई पूरा गर्न सकिनेछ । अहिले दैनिक करिब २६ करोड लिटर पानीको माग भए पनि आठ करोड लिटर मात्र आपूर्ति हुने गरेको छ ।
 
सर्वसाधारणले काठमाडौँ उपत्यका तथा नजिकका नदी, खहरे, खोलालगायत स्थानबाट ट्याङ्करमा आयात र जमिनमुनिको स्रोतबाट नपुग पानीको व्यवस्थापन गरेका छन्। 
 
मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद सुवेदीले करिब एक दशकभन्दा लामो समयदेखि जारी आयोजना अब एक वर्ष भित्रमा सम्पन्न गर्ने गरी संरचना निर्माण भइरहेको जानकारी दिए। 
 
उनले मेलम्चीको सुरुङ्ग बलियोसँग निर्माण गर्नका लागि सुरुङ्ग क्षेत्रका विभिन्न स्थानमा दक्ष र अनुभवी प्राविधिक जनशक्तिले छिटो र छरितो कार्य गरिरहेको बताए। रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411