​ब्रोडलिंकको ब्रोड टिभी आयो अब मोबाईल फोन र ल्यापटपबाट सजिलै हेर्न सकिने

मंगलवार, जेष्ठ ११, २०७३ साल,
काठमाडौं । ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन प्रालिले ‘ब्रोड टिभी’ बजारमा ल्याएको छ । जुन नेपालमा विल्कुलै नयाँ प्रविधि भएको कम्पनीले जनाएको छ ।

‘वान बक्स, जीन्दगी रक्स’ भन्ने नाराका साथ बजारमा ल्याएको ब्रोड टिभी मनोरन्जन प्याकेज हो । जसबाट ग्राहकले पूर्ण एचडी च्यानल टिभी, ल्यापटप, फोन तथा टयाब्लेटबाट हेर्न सक्नेछन् ।

यसमा रहेको २४ घण्टा रेर्कडिङ सुविधा तथा पज, रि(वीन्ड, प्लेर फवार्डको विशेषताले ग्राहकहरुले जुनैवेला, जहाँ पनि आफ्नो मनपर्ने टिभी प्रोग्रामको मज्जा लिन सक्ने कम्पनीले बताएको छ ।

यसका साथै एउटै सेटअप बक्सबाट टिभी हेर्ने, फोन गर्ने तथा अनलिमिटेड इन्टरनेट चलाउन सकिने सुविधा समावेश गरिएको छ ।

ब्रोड टिभी एन्ड्रोइड एप प्रयोगकर्ताले तथा आइफोन प्रयोगकर्ताले एप स्टोरबाटमा डाउनलोड गर्न सक्नेछन् । ब्रोड टिभीले सेटअप बक्सहित ग्राहकहरुका लागि ४ हजार रुपैयाँमा एक महिनाको प्याकेज तथा ६ हजर रुपैयाँमा ६ महिनाको प्याकेज उपलब्ध गराउँदैछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411