​प्रभु बैंकको शाखा गोरखामा, दोहोरिएका शाखा स्थानान्तरण गर्दै

आईतवार, फागुन १७, २०७१ साल,
काठमाडौं । प्रभु बैंकले गोराखाको पृथ्विनारायण नगरपालिकामा शाखा विस्तार गरेको छ । शाखाको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीलले उद्घाटन गरे ।

बैंकले धादिङ बेशीमा रहेको तत्कालिन प्रभु विकास बैंकको शाखा बन्द गरी गोराखामा नयाा शाखा खोलेको हो । धादिङ बेशीमा भने तत्कालिन किष्ट बैंकको शाखाबाट सम्पूर्ण कारोबार हुने बताइएको छ ।

किष्ट बैंक लिमिटेड, प्रभु विकास बैंक लिमिटेड, गौरीशंकर डेभलपमेण्ट बैंक लिमिटेड  र जेनिथ फाइनान्स लिमिटेड एक आपसमा गाभिादा काठमाडौं उपत्यकाभित्र ५ र बाहिर १९ वटा गरी २४ वटा शाखा कार्यालयहरु दोहोरिन गएका थिए ।

एकै ठाउामा दोहोरिन गएका शाखा कार्यालयहरुको कारोबार नजिकमा रहेका बैंकका अन्य शाखा कार्यालयहरुबाट सञ्चालन हुने व्यवस्था प्रभु बैंकले मिलाइरहेका छ ।

केन्द्रीय बैंकको स्वीकृतिमा शाखा कार्यालयहरु क्रमशः स्थानान्तरण गर्दै जाने क्रममा बैंकले यसअघि काठमाडौंस्थित सुन्धारा, बागदरबारमा नयाा शाखा सञ्चालनमा ल्याइसकेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411