आइएमई समुहद्वारा अशोक लेल्याण्डको अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टर सहित औपचारिक कारोबार सुरु

मंगलवार, जेष्ठ ४, २०७३ साल,
काठमाडौँ । आइएमई समुहअन्तर्गतको एलटी इन्टरप्राइजेजले गोंगबु, नयाँ बसपार्कमा अशोक लेल्याण्डको अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टरको एक समारोहबीच उद्घाटन गरेको छ ।
 
३५००० वर्ग फिट क्षेत्रमा अवस्थित सर्भिस सेन्टरकोे आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल, कार्यकारी निर्देशक हेमराज ढकालका साथै अशोक लेल्याण्डका प्रबन्ध निर्देशक विनोद के देसारी र प्रेसिडेन्ट ग्लोबल सेल्स्  तथा डिस्ट्रिब्यूशनका राजीव सहारियाद्वारा संयुक्त रुपमा उद्घाटन गरे।
 
भारतस्थित अशोक लेल्याण्डले नेपालको लागि एक मात्र अधिकृत विक्रेताको रुपमा आईएमई ग्रुपअन्तगर्तको एलटी इन्टरप्राइजेजलाई नियुक्त गरेदेखि यसले मात्र कम्पनीका गाडीहरु आयात तथा विक्री वितरणका साथै सर्भिस र स्पेयर्सको ब्यवस्था गर्दै आएकोे छ । 
 
अशोक लेल्याण्ड बस उत्पादन गर्ने भारतकै ठूलो कम्पनी हो। साथै, यसले १.५ टन क्षमताको साना पिकअप, सात सिट क्षमताको एम पिभीदेखि लिएर ४९ टन क्षमता सम्मका ठूला ट्रयाक्टर(ट्रेलर  र ५०-६० सिट क्षमताका बसहरु, ट्रिपर ट्रकहरु निर्माण गरी विश्वभर बिक्री गर्ने गर्छ।
 
बिक्री शुभारम्भ समारोहमा आफ्नो मन्तव्य राख्दै आइएमईका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकालले यो नयाँ सुरुवात भएको र अशोक लेल्याण्डले उत्पादन गर्ने सबै प्रकारका गाडीको एक मात्र डिस्ट्रिब्युटरको रुपमा कार्य गर्न पाउँदा आफुलाई गर्व महसुस हुनुका साथ यो सँगै गम्भीर दायित्वबोध भएको बताए। उनले आजको दिन शोरुम उद्घाटन गर्नु पर्नेमा सर्भिस सेन्टर उद्घाटन गरेर हामीले गाडी बिक्री गर्नु भन्दा बिक्री पछिको सेवामा बढी ध्यान दिने छाँै भनि एउटा सन्देश दिन खोजेको बताए। 
 
सोही समारोहमा अशोक लेल्याण्डका विनोद के। देसारीले भने, ‘ अहिलेसम्म अशोक लेल्याण्डले उपयुक्त व्यापारीक साझेदार नपाई रहेकोमा आईएमई समुहसँगको सहकार्यले नयाँ सुरुवात भएको छ। समुहसँगको सहकार्यको औपचारिक कार्यक्रममा म आफैँ उपस्थित हुन पाउँदा खुसी लागेको छ।’
 
सोहि कार्यक्रममा एलटि इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले गुणस्तरीय रनेपालको बाटो सुहाउँदो करिब ५५ प्रकारका गाडी बिक्रीबितरण गरिरहेको बताए। 
 
निकट भबिष्यमा काठमाडौँमा नै अर्को सुविधा सम्पन्न वर्कशप खोल्ने तयारी भएको र हालसम्म बिर्तामोड, इटहरी, बीरगञ्ज, हेटौडा, नारायणघाट, नौबिसे, दाङ्गमा सर्भिस सेन्टरहरु सञ्चालनमा आईसकेको उनले जानकारी दिए। त्यस्र्त अबको ६ महिनादेखि १ बर्षको अन्तरालमा बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी, बनेपा, बर्दिबासमा पनि अत्याधुनिक सर्भिस सेन्टरहरु सञ्चालन भईसक्ने शिवाकोटीले बताए। 
 
त्यसैगरी सेल्सको हिसाबले पनि आईएमई समुहले डिस्ट्रिब्युटरसिप लिई सके पछि करिब ५५० वटा गाडी बिक्री गरिसकेको जानकारी दिए।
 
सन् २००१ मा स्थापनाभएको आइएमई ग्रुप नेपालको अग्रणी संस्था हो जसको रेमिटेन्स, बैंकिङ्ग तथा इन्स्योरेन्स, अटोमोबाइल्स्, इनर्जी (हाइडेल, अद्यौगिक ग्यास), ट्राभल–टुर्स्, लजिस्टिक्स्, फर्मास्युटिकल्स्, आइटी तथा रियल इस्टेट् जस्ता विभिन्न क्षेत्रमा लगानी छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411