​नेपाल टेलिकमले ल्यायो ९० रुपैयाँमा अनलिमिटेड ‘नाइट डाटा प्याकेज’

सोमबार, जेष्ठ ३, २०७३ साल,
काठमाडौं । नेपाल टेलिकमले अन्तराष्ट्रिय दुरसञ्चार दिवसको अवसरमा ‘नाइट डाटा प्याकेज’ अफर घोषणा गरेको छ । सो अफर मंगलबारदेखि जेठ १८ गतेसम्म जीएसएम प्रिपेड तथा सिडिएमए प्रिपेड तथा पोस्पेडका ग्राहकले रु ९० मा बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म ७ दिनसम्म अनलिमिटेड डाटा चलाउन सक्नेछन् । 

टेलिककी प्रवक्ता प्रतिभा वैद्यले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘ अफर अन्तर्गत रु ९० मा ७ दिनसम्म बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म अनलिमिटेड डाटा चलाउन सकिने छ ।

सो सुविधा लिनका लागि म्यासेज बक्समा गएर अंग्रेजीमा नाइटडाटा टाइप गरेर १४१५ मा एसएमएस पठाउनुपर्ने हुन्छ ।
प्रत्येक वर्ष मे १७ का दिन अन्तराष्ट्रिय दूरसञ्चार दिवस मनाइँदै आएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411