​नेपाल चीनबीच अप्टिकल फाइबर जोडियो, गल्छीदेखि रसुवाको धुन्चे हुँदै चीनको सीमा रसुवागढीसम्म अप्टिकल फाइबर

शुक्रबार, बैशाख ३१, २०७३ साल,
काठमाडौं । नेपाल टेलिकमले काठमाडौंबाट धादिङको गल्छीदेखि रसुवाको धुन्चे हुँदै चीनको सीमा रसुवागढीसम्म अप्टिकल फाइबर बिच्याउने काम सकेको छ ।

सँगै नेपाल चीन ट्रान्सबोर्डर कनेक्टिभिटी सम्पन्न भएको नेपाल टेलिकमले जनाएको छ ।

अब चीनको चाइना टेलिकमसँग नेपाल टेलिकमको सेवालाई ‘इन्टरकनेक्सन’ गर्न बाटो खुलेको छ ।

नेपाल टेलिकमका सह प्रवक्ता डिल्लीराम अधिकारीले भौतिक रूपमा काठमाडौं र चीन अल डाइलेक्टिभ सेल्फ सपोर्टिङ९एडिएसएस० अप्टिकल फाइबर जोडिएको जानकारी दिए ।

‘चीनसँगको इन्टरकनेक्टिभिटीका लागि उपकरण जडान र सेवा परीक्षण सुरू भइसकेको छ,’ उनले भने,’ मे भित्रमा चीन—नेपाल र भारतबीच सीधा ट्राफिक आदान प्रदानका लागि परीक्षण सम्पन्न गर्ने कार्यक्रम छ ।

सबै कार्य सम्पन्न भएसँगै नेपाल टेलिकमले प्रदान गर्ने डेटा र भ्वाइस सेवामा समेत ठूलो असर पर्ने छ ।

हाल नेपाल भारतको बाटो हुँदै एसियाकै अर्को ठूलो डेटा सेन्टर सिंगापुरमार्फत विश्वसँगको इन्टरनेट सम्पर्कमा छ । हङकङका ट्राफिक हवसँग सीधा जोडिनुभनेको गुगल वा अन्य इन्टरनेट सेयरिङसँगसमेत सीधा जोडिनु हो । कारोबार दैनिक

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411