​‘भिन्टेज मोटर एक्स्पो’ ३ दिनसम्म चल्ने, मुख्य प्रायोजक फक्सवागन

शुक्रबार, बैशाख ३१, २०७३ साल,
काठमाडौँ। जेठ १ गतेदेखि ३ गतेसम्म हुन लागिरहेको ’भिन्टेज मोटर एक्स्पो’ को मुख्य प्रायोजक फक्सवागन नेपाल भएको छ । नेपालका लागि फक्सवागनको आधिकारीक विक्रेता पूजा इन्टरनेशनल प्रालि हो ।

‘नेपालमा अटोमोबाइलको इतिहास धेरै पुरानो नभएपनि यहाँ भएका गाडी र तिनको रोमाञ्चकारी इतिहास संसारमा विरलै पाइन्छ । मान्छेको काँधमा बोकिएर आएको गाडीको इतिहास भएको नेपालमा आजका पुस्ताले हेर्नै पर्ने गाडी र मोटरसाइकल छन् र यीनको संरक्षण, सार्वजनिकीकरण र भावी पुस्तालाई आफ्नो इतिहास प्रति गर्व गर्न सक्ने बनाउनु आजको कर्तब्य हो । त्यस्तै भिन्टेज र क्लासिक गाडी संरक्षणमा यूनेस्कोको अभियान मात्र हैन, यूरोपियन यूनियनले यसका लागि पार्लियामेण्ट कमिटी समेत गठन गरेको छ ।

आज संसारका कतिपय देशमा यस्ता गाडी पर्यटनको आधार बनेका छन्। त्यही मान्यतामा रहेर भिन्टेज एण्ड क्लासिक मोटर इंक नेपालको स्थापना गरिएको र यसले आफ्नो पहिलो सार्वजनिक कार्यक्रम गर्न लागिएको हो,’ संस्थाका अध्यक्ष मेघराज पौडेलले बताए ।

पौडेलका अनुसार पूराना ऐतिहासिक गाडीका साथमा एक्स्पोको अर्को आकर्षण भिन्टेज गाडीमा गरिने पेन्टिङ हुनेछ । एक्स्पोमा ऐतिहासिक गाडी संरक्षण सम्बन्धी अन्तरक्रियाका साथै ऐतिहासिक गाडीका फोटो प्रर्दशनी पनि हुनेछ। अटोमोबाइल सम्बन्धी विभिन्न फिल्म र डकुमेन्ट्री समेत देखाइने छ ।

नेपाल आर्ट काउन्सिलमा हुने प्रदर्शनी जेठ १ गते शनिबार २ बजेबाट सुरु हुनेछ । सो प्रर्दशनीको संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बल बहादुर महतले उद्घाटन गर्नेछन् ।

प्रदर्शनीको मुख्य वक्ता एलाइन्स इन्टरनेसनल डी टुरिजमका उपाध्यक्ष तथा भिन्टेज एण्ड क्लासिक कार क्लब अफ इन्डियाका अध्यक्ष नीतिन डोस्सा हुनेछन् ।

नासा फाउण्डेसन, साँस्कृतिक संग्रहालय नेपाल, अटो नेपाल म्यागेजिनलगायतका संस्थाले सहयोग गर्ने जनाएका छन् ।
अनुमानित ६ लाख रुपैयाँ लागत रहेको सो एक्स्पोमा १० हजारभन्दा बढीले भ्रमण गर्ने अपेक्षा गरेक आयोजकले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411