प्रभु बैंकले हकप्रद शेयर १० प्रतिशतबाट २० प्रतिशत

बिहीवार, फागुन १४, २०७१ साल,
काठमाडों । प्रभु बैंकले निस्काशन गिर्ने हकप्रद शेयरलाई १० प्रतिशतबाट २० प्रतिशत बनाएको छ । 

प्रभु बैंकको संचालक समितिको बैठकले यसअघि साधारणसभाले पारित गरेको हकप्रद शेयरको अनुपात १० प्रतिशतको सट्टा २० प्रतिशत बनाउने निर्णय गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

ग्राण्ड बैंकलाई किन्ने सम्झौता गरेको प्रभुले चुक्ता पूँजी बृद्दिको निर्णय गरी आफुलाई पाँच अर्ब नाघेको बैंकमा स्थापित गर्न लागेको हो । प्रभुले २० प्रतिशत हकप्रद शेयर दिने यो प्रस्तावलाई आगामी साधारणसभामा लगेर पारित गराउने भएको छ । 

प्रभुसँग बेचिने सम्झौता गरेको ग्राण्डले आजै विशेष साधारणसभा गरी प्रभुसँग भएको सम्झौता अनुमोदनबारे छलफल गरिरहेको छ ।

हाल तीन अर्ब ३० करोड चुक्ता पूँजी रहेको प्रभु बैंकले तत्कालीन किष्ट बैंकको निस्क्रिय कर्जा उठाएर यस आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेखनीय आर्थिक प्रगति गरेपछि लगानीकर्ताहरु त्यस बैंकको शेयरमा आकर्षित भएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411