माछापुच्छ्रे बैंकको महोत्तरीमा ५६औं शाखा, ४० अर्ब रुपैयाँ निक्षेप

बिहीवार, फागुन १४, २०७१ साल,
काठमाडों । माछापुच्छ्रे बैंक लिमिटेडले महोत्तरीको मटिहानी बजारमा शाखा खोलेको छ । बैंकको यो ५६औं शाखा कार्यालय हो ।   शाखाको उद्घाटन बैंकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले गरेका हुन् । दुई अर्ब ७७ करोड ६२ लाख चुक्ता पुँजी रहेको बैंकसँग ३९ अर्ब ६१ करोड १८ लाख  निक्षेप छ भने ३३ अर्ब ६४ करोड ९३ लाख कर्जा लगानी गरेको हो ।

बैंकको एक अर्ब ९९ करोड ट्रेजरी बिल लगायतमा लगानी गरेको छ । बैंकले पुससम्म ३४ करोड ४० लाख खुद मुनाफा गरेको छ ।
 
माछापुच्छ्रे बैकको आज संचालित नयाँ शाखाबाट आफ्ना ग्राहकहरुले अन्तर शाखा कारोबार (एबिबिएस) सेवाका साथै मासिक टेलिफोन बिलको भुक्तानी, मोवाईलको मासिक बिल भुक्तानी, इन्टरनेट बैंकिङ सेवा पाउने छन् । 
 
बैकले पुर्वमा फिदिम, पाँचथरदेखि पश्चिममा धनगढी र हिमाल पारी जोमसोमदेखि तराईका विभिन्न स्थानहरुमा आफ्नो शाखाहरु स्थापना गरेको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411