बेष्ट रेमिटको कारोवार यूएईबाट

सोमबार, फागुन ११, २०७१ साल,
काठमाडौं । रेमिट्यान्स क्षेत्रमा आएको छोटो समयमा बेष्ट रेमिट नेपालले आफ्नो सञ्जाल देश तथा विदेशमा बिस्तार गरिरहेको छ । यसै क्रममा वेष्ट रेमिटले भर्खरै यूएईमा रहेको नेशनल एक्सचेञ्ज कम्पनीसँग रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता गरेको छ ।

सो सम्झौतामा बेष्ट रेमिटका तर्फबाट गल्फ प्रमुख अनिल कार्की र नेशनल एक्सचेञ्जका जनरल मेनेजर अरवाव अलि नरेजोले सयुक्तरुपमा हस्ताक्षर गरेपछि रेमिट्यान्स कारोवार शुरु भएको हो ।

यो सम्झौतासँगै अब यूएईमा रहेका नेशनल एक्सचेञ्जका ९ वटा शाखाबाट बेष्ट रेमिटमार्फत स्वदेशमा पैसा पठाउन सकिने छ । धेरै नेपालीहरु कार्यरत रहेको यूएईमा बेष्ट रेमिटको यो सम्झौताले सेवाग्राहीमा थप सहजता मिल्ने बेष्ट रेमिटका गल्फ प्रमुख कार्कीले बताए । बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग तीव्र रुपमा रेमिट्यान्स सम्झौता गरिरहेको जनाएको छ ।

यो सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिट मार्फत पठाएको रकम अब बेस्ट रेमिटका २४ सय भन्दा बढी एजेण्ट, सब–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने जनाइएको छ ।

बेष्ट रेमिटले आफ्नो सेवा बिस्तार सँगसँगै रेमिट्यान्स सम्बन्धि जनचेतनामूलक कार्यहरु पनि संचालन गर्दै आएको छ । सोही क्रममा वेष्ट रेमिटका ब्राण्ड प्रमुख माधव डाँगीले पश्चिमाञ्चलको भ्रमण गरी त्यहाँ आयोजित महोत्सव तथा मेलामा बेष्ट रेमिटका साथै रेमिट्यान्सको बारेमा उपस्थित जनमानस, सवएजेण्ट तथा व्यापारी वर्गलाई जानकारी गराएका थिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411