एनएमबि बैंकको सुलभ कर्जा योजना, तीन दिनमै ऋण दिने

सोमबार, फागुन ११, २०७१ साल,
काठमाडौं । एनएमबि बैंकले साना तथा मध्यम वर्गका उद्यमीका लागि सुलभ कर्जा तथा पर्सनल बिजनेस लोन नामक दुई कर्जा सेवा सुरु गरेको छ ।

सुलभ कर्जाअन्तर्गत पाँच लाखदेखि अधिकतम ३३ लाख रुपैयाँसम्मको कर्जा उपलव्ध गराइने बैंकले जानकारी दिएको छ । दर्ता भएका साना तथा मध्यम श्रेणीका उद्यमीलाई उपलव्ध हुने यो कर्जाको तीन दिनमै हुने बैंकले जानकारी दिएको छ ।

त्यसै गरी बैंकले पर्सनल बिजिनेस लोन अन्र्तगत तीन लाखदेखि १५ लाख  रुपैयाँसम्म उपलब्ध हुने बैंकले जानकारी दिएको छ । यो कर्जा दर्ता नभएका साना तथा मझौला उद्यमले प्राप्त गर्न सक्ने, कम्पनीले जानकारी दिएको छ ।

व्यवसायमा नयाँ उर्जाको नारासहित आरम्भ गरिएको दुवै कर्जाले वित्तीय स्रोतमा पहुँच नभएका उद्यमी तथा व्याक्तिलाई सहयोग उपलब्ध गराउने बैंक स्रोतले जानकारी दियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411