​टुरिजम बैंकले ल्यायो आकर्षक बचत र मुद्दति खाता

बिहीवार, फागुन ७, २०७१ साल,
काठमाडौं, फागुन ७ गते । टुरिजम डेभलपमेन्ट बैंकले छैठौं वर्ष प्रवेस गरेको अवसरमा आकर्षक बचत र मुद्दति खाता सञ्चालनमा ल्याएको छ । बैंकले किड पिग्गी खाता, आदरणीय बचत खाता र २०५ दिने मुद्दति खाता सञ्चालनमा ल्याएको हो ।

बालबालिकाहरुलाई लक्षित गरि ल्याइएको किड पिग्गी बचत खाता खोल्न १०० रुपैयाँ न्यूनतम मौज्दात लाग्ने छ । यो निक्षेप योजनामा सहभागि बालबालिकाहरुले वाषिर्क ५.५ प्रतिशत व्यादर उपलब्ध गराइने बैंकले जनाएको छ ।

त्यसैगरी, न्यूनतम ५ हजार मौज्दातमा खोल्नज सकिने आदरणीय बचा खातामा ग्राहकले दैनिक मौज्दातमा वाषिर्क ६.२५ प्रतिशत व्याज पाउने छन ।

त्यस्तै, ग्राहकले २०५ दिने मुद्दति खाता न्यूनतम ५० हजार मौज्दातमा खोल्न सक्नेछन । यस खातामा दैनिक मौज्दातमा वाषिर्क ७ प्रतिशत व्याजदर प्रदान रिने बैंकले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411