​सेयर बजार ५ अंक वढीले घट्यो, ९ सय ८० अङ्कमा

सोमबार, माघ २६, २०७१ साल,
काठमाडौं माघ २६ गते । सोमवार नेप्से परिसूचक ५ दशमलव ३२ अङ्क ९शुन्य दशमलव ५४ प्रतिशत० घटेर ९ सय ८० दशमलव ७० अङ्कमा ओर्लिएको छ । सो दिन तुलनात्मक रुपमा ‘क’ वर्गका कम्पनीको शेयर बढी सस्तिएको देखिन्छ । सो दिन ९ सय ८७ दशमलव ३७ अङ्कदेखि ९ सय ७९ दशमलव ३९ अङ्कबीच उतारचढावमा रहेको शेयर बजार ५ अङ्क घटेर बन्द भएको हो ।

सोमवार नेप्सेमा २ हजार ८ सय ७ व्यापारबाट १ सय ४२ कम्पनीका करीब ६ लाख ९४ हजार कित्ता शेयर रू. ३१ करोड ६७ लाख ६८ हजारमा व्यापार भयो । सो दिन नेप्सेको बजार पूँजीकरण रू। १० खर्ब ५ अर्बमा झरेको छ । सो दिन नेप्सेमा व्यापार भएका मध्ये विकास बैङ्क, बीमा र वित्त कम्पनी समूहको परिसूचक बढे पनि अरु सबै समूहको परिसूचक ओरालो लाग्दा समग्र नेप्सेमा नकारात्मक प्रभाव परेको हो ।

सोमवार सेञ्चुरी बैङ्कको सर्वाधिक रू. २ करोड ७ लाखको शेयर व्यापार भयो । सो दिन फस्ट माइक्रोफाइनान्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशत महँगियो भने नेपाल कम्यूनिटी डेभेलपमेण्ट बैङ्कको शेयर मूल्य सर्वाधिक ८ दशमलव ४७ प्रतिशत सस्तियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411